मोबाइल र PC मा खेल्न मिल्ने २,००,००० वटाभन्दा बढी गेमहरू भएको विश्वस्तरीय क्याटलगको अन्वेषण गर्नुहोस् र आफ्नो रुचिसँग मिल्ने गेम भेट्टाउनुहोस्
गेम खरिद गर्न र Points कार्यक्रमको सदस्य भएबापत विशेष लाभहरू प्राप्त गर्नका निम्ति प्रयोग गर्न मिल्ने Google Play पोइन्ट१ आर्जन गर्नुहोस्
तपाईंलाई मन पर्ने गेमहरूका बारेमा अद्यावधिक जानकारी र गेममा तपाईंले प्राप्त गरेका उपलब्धिहरू सबै एउटै सुविधाजनक "तपाईं" ट्याब२ मा उपलब्ध गराइएका छन्
तपाईं आफ्नो फोनमा जहाँसुकैबाट गेम खेलिरहनुभएको भए तापनि वा PC मा अझ बढी आनन्द लिइरहनुभएको भए तापनि तपाईं आफूले छाडेकै ठाउँबाट सुरु गर्न आफ्नो गेम लाइब्रेरी र प्रगति सिंक गर्नुहोस्३। केही सशुल्क गेमहरू एक पटक खरिद गर्दा तिनका मोबाइल र PC दुवै संस्करण अनलक हुन्छन्।










विभिन्न विधाका २,००, ००० भन्दा बढी गेमहरू उपलब्ध भएकाले सबै जनका लागि कुनै न कुनै गेम उपलब्ध छ। गेमको ट्रायल४ प्रयोग गरी नयाँ सशुल्क गेम निःशुल्क रूपमा खेली हेर्नुहोस्। यस सम्बन्धमा थप जान्न यहाँ जानुहोस्।
तपाईंले क्रस-प्लेटफर्ममा खेल्न सक्ने गेमहरू हेर्न यहाँ जानुहोस्।
Google Play को रिवार्ड कार्यक्रम Google Play प्वाइन्टमा सामेल भएर उत्कृष्ट रिवार्डहरू प्राप्त गर्नुहोस्। यहाँ तपाईं छुट पाउन तथा गेमबाट किन्न मिल्ने सामग्री किन्न प्रयोग गर्न सकिने पोइन्ट तथा रिवार्डहरू प्राप्त गर्न सक्नुहुन्छ। तपाईं जति धेरै Play पोइन्ट आर्जन गर्नुहुन्छ त्यति नै धेरै उत्कृष्ट रिवार्ड र लाभ पाउनु हुने छ। यी सुविधाहरू पैसा दिएर किन्न मिल्दैन। अहिले नै सामेल हुनुहोस्।१


तपाईंको गेमर प्रोफाइल "तपाईं" ट्याबमा उपलब्ध छ। तपाईं मोबाइलमा प्रोफाइल आइकनमा क्लिक गरेर जुनसुकै बेला "तपाईं" ट्याबबाट गेमर प्रोफाइलमा सजिलै ट्रान्जिसन गर्न सक्नुहुन्छ। तपाईं मोबाइल र PC मा एउटै प्रोफाइल प्रयोग गरी आफूले खेल्ने विभिन्न गेममा आफ्ना तथ्याङ्क, स्ट्रिक, प्रगति र उपलब्धिहरू सजिलै ट्र्याक गर्न सक्नुहुन्छ। तपाईं यहाँबाट हरेक उपलब्धि र हरेक जितको खुसियाली मनाउन सक्नुहुन्छ।


Gemini लाइभ भएको Play Games साइडकिक भनेको तपाईंलाई आफूले खेलिरहेको गेमबाट नबाहिरिकन आफ्ना तथ्याङ्क, उपलब्धि र सुझावहरू सजिलैसँग हेर्ने सुविधा प्रदान गर्ने एउटा नयाँ गेमिङ सहयोगी हो। तपाईं गेम खेल्दै गर्दा Gemini लाइभबाट संवादात्मक तरिकाले प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न पनि सक्नुहुन्छ। Google Play बाट डाउनलोड गरिएका गेमहरू खेल्दा मात्र साइडकिक उपलब्ध हुन्छ। यो सुविधा चाँडै नै मोबाइल डिभाइसमा उपलब्ध हुँदै छ।
Google का सुरक्षितपना र सुरक्षाका सहायताले आत्मविश्वासका साथ मोबाइल र PC मा गेम खेल्नुहोस्। तपाईंका डेटा र डिभाइसहरू सुरक्षित राख्न Google Play ले हामीले उपलब्ध गराउने हरेक गेममा १०,००० भन्दा बढी सुरक्षितपनाको जाँच गर्छ।